प्रि ओपन सेसनमा ४ अंकले घट्यो नेप्से
५ जेठ, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकभन्दा बढीले घटेको छ। यस दिन सो सेसनमा नेप्से ४.२० अंकले घटेर २७२६.७० विन्दुमा झरेको छ।
मंगलबार प्रि ओपन सेसनमा ४९ स्टकको ८१ पटकको कारोबारमा २५ लाख २८ हजार ५४६ रुपैयाँ ३० पैसाबराबरको ५ हजार १९५ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : May 19, 2026 at 10:57 am









