अनिश र विद्याले जिते एडिलेडको टेबल टेनिस प्रतियोगिता
एडिलेड । युथ फोरम एनआरएनए साउथ अष्ट्रेलियाद्वारा आयोजित टेबल टेनिस प्रतियोगितामा खुल्ला तर्फको खेलमा अनिश गुरुङ र महिला तर्फको खेलमा विद्या मिश्र बिजयी हुनु भएको छ ।
स्थानिय उडभिल डिस्ट्रिट टेबल टेनिस क्लबको हलमा आयोजित खुल्ला तर्फको रोमान्चक फाइनल अनिश गुरुङले ३-२को सेटमा आयुश गिरी माथी बिजय हासिल गरेका थिए । भने तेस्रो स्थान चिडा चौहानले प्राप्त गर्नु भएको थियो । यस समुहको खेलमा ५० जना सहभागीले सहभागीता जनाएका थिए । पहिलो चरणमा लिगमा खेलाईएको थियो ।
महिला तर्फको खेलमा बिद्या श्रेष्ठले ३-२ को सेटमा उषा श्रेष्ठ माथि बिजय हासिल गर्नु भएको थियो | भने तेस्रो स्थान प्रकृति श्रेष्ठले हासिल गर्नु भएको थियो । यस समुह तर्फ १२ जना सहभागीले सहभागीता जनाएका थिए ।
प्रतियोगितामा खुल्ला तथा महिला समुह तर्फका प्रथम खेलाडीहरुलाई कप, मेडल तथा ५००-५०० अष्ट्रेलियन डलर, दुवै समुहका दोस्रालाई कप, मेडल तथा २००-२०० अष्ट्रेलियन डलर तथा तेस्रो स्थान कप, मेडल तथा १००-१०० अष्ट्रेलियन डलर प्रदान गरिएको थियो ।
खेल पछि आयोजित समापन समारोहको कार्यक्रमका प्रमुख अतिथि एनआरएनए अन्तर्राष्ट्रियका सचिव सुजन अधिकारी, विशेष अतिथि ओशियाना संयोजक रमेश जोशी, तथा खेलाडीहरुको तर्फबाट नबिन कडेलले बिजयी खेलाडीहरुलाई बधाई सहित मन्तव्य राख्नु भएको थियो । एनआरएनए साउथ अष्ट्रेलिया संयोजक थीर गुरुङले धन्यवाद ज्ञापन गर्नु भएको समापन समारोहको अध्यक्षता युथ फोरम संयोजक संगम पाण्डे र संचालन आरआरएनए साउथ अष्ट्रेलिया सचिव युवराज पहाडीले संचालन गर्नु भएको थियो ।
प्रतियोगितामा एडिलेडका सामाजिक अगुवा तथा खेल प्रेमीहरुको उल्लेखनीय रुपमा उपस्थित रहेको थियो ।

प्रकाशित मिति : 19:56









