सोमबार यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
४ जेठ, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक १.०३ अकंले घटेर २७३०.९१ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको ५८ लाख २८ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८ लाख रुपैयाँको कारोबार भएको हो ।
सोमबार ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । १८ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । यस दिन निफ्रा उर्जा रिणपत्र २०८५/०८६ को सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ५.२६ प्रतिशतले घटेको छ । त्यसैगरी, एसवाई प्यानलको ३.६० प्रतिशत,पाल्पा सिमेन्टको ३.३२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : 15:19









