३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्यो पर्चासहित विरोध

४ जेठ, काठमाडौं ।श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधि सभाको आजको बैठकमा सभामुखलाई पर्चा देखाएका छन्। श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहितका सांसदहरूले संसदको रोष्टम घेराउ गर्दै सभामुख डोलप्रसाद अर्याललाई विभिन्न नारा लेखिएको पर्चा देखाएका हुन्।

पर्चामा ‘प्रधानमन्त्री संसदप्रति जबाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन,जनमतको सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय जिम्मेवारी बहन गर’ लेखिएको छ।

सभामुख अर्यालले श्रम संस्कृति पार्टीलाई मर्यादामा रहेर विरोध गर्न आग्रह गर्नुभएकाे छ ।

प्रकाशित मिति : May 18, 2026 at 11:32 am