भुजुङ हाईड्रोपावरले बोलायो साधारण सभा, यस्ता छन् प्रस्ताव
४ जेठ, काठमाडौं। भुजुङ हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । जेठ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ २७ गते काठमाडाैंको भाटभटेनी(बालुवाटार रोड)मा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजे चौथो साधारण सभा बाेलाएकाे हाे ।
उक्त सभामा कम्पनीको प्रबन्धपत्रको दफा ६ र नियमावलीको नियम २७,२८ र २९ मा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कम्पनी सचिव र आमन्त्रित विज्ञ सदस्यहरुको बैठक भत्ता र सञ्चालक समितिको दैनिक भम्रण भत्ता रकममा थप गर्ने र उल्लेखित प्रस्तावहरुमा कुनै संशोधन वा परिमार्जन गर्नुपरेमा सञ्चालक समितिको निर्देशनबमोजिम कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
साथै,सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा सोही अवधिको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ । सभामा ५ जना संस्थापक सेयरधनी र १ जना सर्वसाधारण सेयरधनी गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिबाट भएको प्रमुख कार्यकारी अधिकृत, स्वतन्त्र सञ्चालक र कम्पनी सचिवको नियुक्ती अनुमोदन गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : 10:41









