नेपाली पाठशाला एडिलेडद्धारा कक्षा १२ उत्तिर्ण गर्ने नेपाली विद्यार्थीहरुको सम्मान
एडिलेड । नेपाली पाठशाला, एडिलेडले साउथ अष्ट्रेलियाबाट कक्षा १२ उत्तिर्ण गर्ने १७ जना नेपाली मुलका छात्र छात्राहरुलाई सम्मान गरेको छ ।
बालबालिकाहरुलाई नेपाली भाषा अध्यापन गराउनका लागि २००८ मा स्थापित नेपाली पाठशालाले विगत ८ बर्ष देखी साउथ अष्ट्रेलिया भित्रका कक्षा १२ उत्तिर्ण गर्ने नेपाली मुलका विद्यार्थीहरुको सम्मान गर्दै आएको छ ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक मन्त्री नादिया क्लेन्सीले विद्यार्थीहरुलाइ बधाई दिदै अष्ट्रेलियाको बिकास र प्रगतीमा युवाहरुको भुमिका रहेको बताउदै उज्जव भविष्यको कामना व्यक्त गर्दै बहुसास्कृतिक देश अष्ट्रेलियामा नेपाली भाषाको जगेर्ना गरेर पाठशालाले खेलेको भुमिकाको प्रशंशा गर्नु भएको थियो ।
कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्का र आइरिन इभान्जेलिस्टा लगायतका बक्ताहरुले नेपाली पाठशालाले नेपाली भाषाको संवर्धन र विकासमा खेलेको भुमिकाको प्रसंसा गर्नु भएको थियो ।
कार्यक्रममा पाठशाला अध्यक्ष देबेन्द्र खरेलको सभापतित्वमा भएको कार्यक्रममा प्रचार्य चन्द्रमणी पाण्डेले विद्यालयको गतिविधी र खेलकुद संयोजक प्रसन्न मान सिहले खेलकुद गतिविधी पेश गर्नु भएको थियो ।
सम्मानित विद्यार्थीहरुलाई अतिथिहरुले सम्मान पत्र तथा ट्रफी प्रदान गर्नु भएको थियो । सम्मानित हुनेहरुमा स्मारिका अधिकारी, परिशा गौतम, आयुष खरेल, त्रिजन गुरुङ, दृष्टि योगी, रेहान गुरुङ, सक्षम बहादुर पौडेल, मिङ्मा दिर्जे लामा, इभान शर्मा, ऐश्वर्या मल्ल, प्रकृति पाठक, श्रेया भट्टराई, हारुन गुरुङ, गोशिका घिमिरे, ओजस्वी घिसिङ, स्मारिका अधिकारी, दिया श्रेष्ठ, डेयोन बाओश हुनुहुन्थ्यो ।
सम्मानित विद्यार्थीहरुले मातापिता सहित सम्मानित गर्ने पाठशाला परिवारलाई धन्यवाद व्यक्त गरेका थिए । उनीहरुले सानो हुदा नेपाली भाषा सिकाउनु हुने शिक्षक शिक्षिकाहरु प्रति पनि आभार व्यक्त गरेका थिए ।
पुर्व अध्यक्ष कपिल पाण्डे, अन्वेशा लम्साल र आभाष कडेलले संचालन गरेको कार्यक्रममा बालबालिका तथा शिक्षिकाहरुले नृत्यहरु समेत प्रस्तुत गर्नु भएको थियो ।

प्रकाशित मिति : 13:36









