१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरले सम्हाले कार्यभार

१ जेठ, काठमाडौं । मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको निर्णय अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका तारा मानन्धरले आज पदभार ग्रहण गर्नुभएको छ ।

बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्च कार्यकारी भुमिका रही कार्य गरेको अनुभव रहेको बैंकले जनाएको छ । साथै पछिल्लो समय डिस मेडिया नेटवर्कमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिरहेका थिए ।

उहाँको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : 13:01