१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

विजय लघुवित्तले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने

१ जेठ, काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। वैशाख ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गर्दै सेयरधनी निराश बनाएकाे हाे ।

साथै बैठकले सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिने र स्वीकृति पश्चात आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेश गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : 10:20