६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

विजय लघुवित्तका सीईओ लम्सालले दिए राजीनामा, घिमिरेलाई कामु सीईओको जिम्मेवारी

१ जेठ, काठमाडाैं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्त राज लम्सालले पदबाट राजीनामा दिनुभएकाे छ। वैशाख ३१ गते बसेको कम्पनीकाे सञ्चालक समितिको बैठकले लम्सालले वैशाख २८ गते पेश गरेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । उहाँको राजीनामा जेठ ८ गतेदेखि लागू हुने गरी स्वीकृत भएको हो।

साथै, सञ्चालक समितिको सोही बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संस्थाको दैनिक कार्य सञ्चालन गर्न वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई कायम मुकायम (कामु)प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : May 15, 2026 at 10:16 am