२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

‘सिठ्ठी बजाउँदै’मा राहुल र प्रियंकाको धमाकेदार नृत्य

१ जेठ, काठमाडौँ । गायक राहुल श्रेष्ठ र गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ डान्सिङ नम्बर गीत ‘सिठ्ठी बजाउँदै’ सार्वजनिक गरिएको छ। राजधानीको रञ्जना सिनेप्लेक्समा आयोजित विशेष कार्यक्रममा गीतको भिडियो सार्वजनिक गरिएको हो। कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली विशेष अतिथिका रूपमा उपस्थित थिए। साथै विभिन्न कला–सांस्कृतिक क्षेत्रका व्यक्तित्व तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

जगत तिरुवाको शब्द, संगीत तथा र्‍याप रहेको गीतलाई जीवन बडुले एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। रञ्जित कुमार चौधरी र रीत बहादुर श्रेष्ठ निर्माता रहेको भिडियोमा अभिनेत्री प्रियंका कार्की र गायक राहुल श्रेष्ठको आकर्षक अभिनय तथा दमदार नृत्य देख्न सकिन्छ। भिडियोमा राहुल र प्रियंकाबीचको केमेस्ट्री दर्शनीय बनेको छ। लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय राहुल श्रेष्ठ केही अन्तरालपछि यस भिडियोमार्फत दर्शकमाझ प्रस्तुत भएका हुन्।

कबिराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा दावा बल तामाङ सह–कोरियोग्राफरका रूपमा रहेका छन्। भिडियोको प्रोडक्सन म्यानेजर सुवासराज काफ्ले हुन्। सौरभ लामाले छायांकन गरेको भिडियोको सम्पादन तथा रङ संयोजन मनोज कार्कीले गरेका छन् भने निर्देशन देव कुमार श्रेष्ठले गरेका हुन्। भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रकाशित मिति : May 15, 2026 at 10:10 am