२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

सुशासन र आर्थिक समृद्धिको स्पष्ट मार्गचित्रसहित बजेट आउनुपर्छः रामकुमारी झाँक्री

३१ वैशाख, काठमाडौं । राष्ट्रियसभा सदस्य एवं नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सरकारको निजी क्षेत्रलाई आतंकित पारेको आरोप लगाउनुभएकाे छ ।

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सांसद झाँक्रीले सरकारले सुशासनको नाममा निजी क्षेत्र तथा आर्थिक गतिविधि सञ्चालन गर्ने वातावरणलाई अवरोध गरिएको भन्दै पहिला थुन्ने अनि सुन्ने नीति लिएको आरोप लगाउनुभयाे । राज्यले काम गर्ने वातावरण बनाउनुपर्नेमा सरकारले नागरिक र निजी क्षेत्रलाई आतंकित गर्ने, तर्साउने गरिरहेको उहाँले बताउनुभयाे ।

यसैगरी, सांसद झाँक्रीले नीति तथा कार्यक्रममा बुँदा घटाइएको र पुरानै विषयको निरन्तरता मात्रै देखिएको बताउनुभयो । उहाँले सुशासन र आर्थिक समृद्धिको स्पष्ट मार्गचित्रसहित बजेट आउनुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित मिति : May 14, 2026 at 4:35 pm