नेप्से घट्ने क्रम जारी, कारोबार रकममा भने वृद्धि
३१ वैशाख, काठमाडौं । साताको चौंथो कारोबारको दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १०.०७ अंकले घटेर २७३०.१७ को विन्दुमा पुगेको छ।
आज ३३७ कम्पनीको ४६ हजार ४०२ पटकको कारोबारमा ३ अर्ब २९ करोड २ लाख ४४ हजार रुपैयाँबराबरको ७९ लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन एसियन हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य यस दिन ९.८९ प्रतिशतले घटेको छ ।
यस दिन यूनियन हाइड्रोपावरकाे सेयरमूल्य सर्वाधिक ९.७९ प्रतिशत बढेको छ। यस दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित मिति : 15:19









