३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

गणेश पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन

३१ वैशाख, काठमाडौं । रास्वपाका संसदीय दलका नेता गणेश पराजुलीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिनुभएकाे छ । वैशाख २९ गते बसेको बैठकमा सांसद पराजुलीले दिएको अभिव्यक्ति हटाउन सभामुखले आज निर्देशन दिनुभएकाे हाे ।

उहाँले पराजुलीले बोलेका ‘भरौटेहरु’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो गरी’ भन्ने शब्द सभाको अभिलेखबाट हटाउन निर्देशन दिनुभएकाे हाे । विपक्षी दलका तर्फबाट ती शब्द हटाउन माग भएको थियो ।

प्रकाशित मिति : 12:07