२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

प्रधानमन्त्री संसदमा नआएसम्म विरोध जारी रहन्छः कांग्रेस

३१ वैशाख, काठमाडाैं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभा बैठकमा उपस्थित नभए विरोध जारी राख्ने जनाएको छ । आज प्रतिनिधिसभा बैठक सुरू भएपछि बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा नआए विरोध जारी राख्ने बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘सदनको गरिमा जोगाउने र सरकारलाई सदनप्रति उत्तरदायी बनाउने प्रमुख जिम्मेवारी सभामुखको हो। यस विषयमा सभामुख गम्भीर बन्नुपर्छ, यदि प्रधानमन्त्रीज्यू उपस्थित हुनु भएन भने हाम्रो विरोध जारी रहनेछ।’

उहाँले नीति तथा कार्यक्रम भनेको सरकारले आगामी एक वर्षको दिशा, प्राथमिकता र कार्ययोजना भएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘संविधानको धारा ७६ (१०) अनुसार सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसद्प्रति उत्तरदायी बनाउन चाहन्छौँ। तर आज दुई तिहाइ नजिकको संस्थाको आडमा सांसदहरूलाई नै कमजोर बनाउने प्रयास भइरहेको अनुभूति भइरहेको छ। प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रको लागि शुभ सङ्केत होइन ।’

प्रकाशित मिति : May 14, 2026 at 11:41 am