७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

अर्थमन्त्रलयले आज श्वेतपत्र जारी गर्दै, सेयर बजारलार्इ पनि सम्बोधन गरिने


१४ चैत, काठमाडौँ । अर्थमन्त्रालयले मुलुकको वर्तमान आर्थिक स्थिति र अागामी रणनीतिसहितको श्वेतपत्र आज सार्वजनिक गर्ने भएको छ । अघिल्लो सरकारका केही निर्णयले राज्य कोषमा परेको व्ययभार र स्रोत व्यवस्थापनका लागि चाल्नुपर्ने कदमसहित वित्तिय क्षेत्र तथा शेयर बजारबारेल पनि श्वेतपत्रबाट संबोधन गरिने तयारी छ ।

पूरानो सरकारले छाडेको अर्थतन्त्र र नयाँ सरकारको आर्थिक नीति समेटेर श्वेतपत्र तयार पारेकाे अर्थमन्त्रालयका आर्थिक सल्लाहकार रामशरण खरेलले बताएका छन । श्वेतपत्रमा बैंकहरुको पूँजी वृद्धिले गर्दा उत्पादन मूलक क्षेत्रमा जानु पर्ने पैसा एकै ठाउँमा केन्द्रित भएको आशय उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ०८:३९