कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन
३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ । पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति आज पुनर्गठन गर्नुभएको हो ।
पुनर्गठन गरिएको समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ र सदस्यमा केन्द्रीय सदस्यहरु धना खतिवडा, रमेशप्रसाद धमला र बजरङ्ग नेपाली रहनुभएको छ ।
प्रकाशित मिति : 17:59









