बुधबार यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
३० वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ को विन्दुमा कायम भएको छ। आज ३३९ कम्पनीको ५६ लाख ४१ हजार ३६७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८० करोड ६१ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज धौलागिरी लघुवित्तको सेयरमूल्य सर्वाधिक ११.१७ प्रतिशतले घटेको छ भने झापा इनर्जीको ९.४३ प्रतिशतले घटेको छ। १०% सिटिजन्स बैंक डिबेन्चर ५.७६ प्रतिशतले घट्दा रिज लाइन इनर्जीको मूल्य ४.८७ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : 15:14









