३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४५ करोड ४८ लाख, इपीएस कति ?

३० वैशाख, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २७.४० प्रतिशत कम हो । कम्पनीले गत आवको सोही अवधिसम्म ६२ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले सो अवधिसम्म ३६ अर्ब ७० करोड ५२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको यो व्यवसाय गत आवको तुलनामा १२.९१ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३२ अर्ब ५० करोड ७२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको थियो ।

 गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको दाबी भुक्तानी रकम ११ अर्ब १९ करोड १४ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिसम्म बढेर १२ अर्ब ४३ करोड ८५ लाख रुपैयाँ पुगेको छ । सो अवधिसम्म कम्पनीले २ खर्ब ६७ अर्ब १३ करोड ६१ लाख रुपैयाँ बराबरको जीवन बीमा कोष खडा गर्न सफल भएको छ ।

साथै महाविपत्ती कोषको आकार पनि ३.२१ प्रतिशतले बढेर कोषमा १ अर्ब ५४ करोड १९ लाख पुगेकाे छ । कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) ९.२४ रुपैयाँबाट घटेर ६.४० रुपैयाँमा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ १२६.३३ रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : 14:46