३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

पोखरा र समृद्धि फाइनान्सको मर्जरलाई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति

३० वैशाख, काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनीबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ ।  गत साउनमा नै दुई वित्तीय संस्थाबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो।

दुई कम्पनीबीच एक आपसमा गाभ्ने/गाभिने वा मर्जरका लागि राष्ट्र बैंकले वैशाख २९ गते अन्तिम स्वीकृति प्रदान गरेको हो । हाल पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ८ करोड २५ लाख रुपैयाँ रहेको छ भने समृद्धि फाइनान्सको चुक्ता पुँजी ८१ करोड ८९ लाख रहेको छ। मर्जरपश्चात् बन्ने  कम्पनीको चुक्तापूँजी १ अर्ब ९० करोड १४ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : 11:04