३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

रास्वपा महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय

३० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिनुभयो ।

रास्वपा नेता गणेश पराजुलीले सामाजिक सञ्जालमा लेख्दै प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनमा हुने जानकारी दिनुभयो । आगामी महाधिवेशन र विविध एजेण्डामा छलफल गर्न पार्टी कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक आयोजना गरिएको छ ।

प्रकाशित मिति : 10:20