३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

यसरी हेर्नुहोस् याम्बालिङ्ग हाइड्रोपावरको आइपीओ नतिजा

३० वैशाख, काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीको आइपीओमा २९ लाख ८२ हजार ४९८ जनाले ३ करोड २४ लाख ७८ हजार २३० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २९ लाख ३८ हजार ८२ जनाले दिएको आवेदन मात्रै सदर भएको छ भने ४४ हजार ४१६ जनाको आवेदन बदर भएको छ ।

कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी २७ लाख ६३ हजार भन्दा बढीको हात खाली भएको छ ।

कम्पनीको आइपीओको नतिजा केहि समयपछि प्रकाशन गरेको छ । नतिजा प्रकाशन भएपछि शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलकाे वेबसाइट https://www.muktinathcapital.com/  , सिडीएससीको मेरोसेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ ।

प्रकाशित मिति : 10:04