३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

आइतवार एडिलेड हुने टेवल टेनिस प्रतियोगिताको तयारी यस्तो छ ।

एडिलेड । युथ फोरम एनआरएन साउथ अष्ट्रेलियाको आयोजनामा मे १७ आइतवार हुन गइरहेको खुल्ला टेवल टेनिस प्रतियोगिता २०२६को  तयारी तिब्र पारिएको छ ।

प्रतियोगितामा महिला तथा पुरुष दुई समुहमा खेलाईने भएको छ । विजयी खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्रको साथमा विजेतालाई नगद ५०० सय अष्ट्रेलियन डलर, उप विजेता दुई सय पचास डलर र तेस्रो हुनेलाई एक सय डलर प्रदान गरिने युथ फोरम एनआरएनए साउथ अष्ट्रेलिया संयोजक संगम पाण्डेले बताउनु भयो ।

प्रवासमा रहेका प्रतिभाहरुलाई प्रतियोगिता मार्फत उजागर गर्ने तथा स्वस्थ जिवनका लागि खेलकुद आवश्यक भएकाले प्रतियोगिता आयोजना गरिएको संयोजक पाण्डेले बताउनुभयो 

स्थानिय उडभिल डिस्ट्रिट टेबल टेनिस क्लबको हलमा आयोजना हुने प्रतियोगितामा सहभागीहरुको दर्ता उत्साहप्रद भएकाले यसलाई हेरेर खेल व्यवस्थापनको तयारीलाई अगाडि बढाईएको समेत बताए । 

प्रकाशित मिति : May 13, 2026 at 5:37 am