१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

आइतवार एडिलेड हुने टेवल टेनिस प्रतियोगिताको तयारी यस्तो छ ।

एडिलेड । युथ फोरम एनआरएन साउथ अष्ट्रेलियाको आयोजनामा मे १७ आइतवार हुन गइरहेको खुल्ला टेवल टेनिस प्रतियोगिता २०२६को  तयारी तिब्र पारिएको छ ।

प्रतियोगितामा महिला तथा पुरुष दुई समुहमा खेलाईने भएको छ । विजयी खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्रको साथमा विजेतालाई नगद ५०० सय अष्ट्रेलियन डलर, उप विजेता दुई सय पचास डलर र तेस्रो हुनेलाई एक सय डलर प्रदान गरिने युथ फोरम एनआरएनए साउथ अष्ट्रेलिया संयोजक संगम पाण्डेले बताउनु भयो ।

प्रवासमा रहेका प्रतिभाहरुलाई प्रतियोगिता मार्फत उजागर गर्ने तथा स्वस्थ जिवनका लागि खेलकुद आवश्यक भएकाले प्रतियोगिता आयोजना गरिएको संयोजक पाण्डेले बताउनुभयो  ।

स्थानिय उडभिल डिस्ट्रिट टेबल टेनिस क्लबको हलमा आयोजना हुने प्रतियोगितामा सहभागीहरुको दर्ता उत्साहप्रद भएकाले यसलाई हेरेर खेल व्यवस्थापनको तयारीलाई अगाडि बढाईएको समेत बताए । 

प्रकाशित मिति : May 13, 2026 at 5:37 am