२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

विद्यालयको हिउँदे र वर्षे बिदा कटौती, ३० दिनमा झरियो

२९ वैशाख, काठमाडौं । दुई दिन सार्वजनिक बिदा दिएपछि विद्यालयको हिउँदे र वर्षे बिदमा कटौती गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दुई दिन बिदा दिँदा कोर्स पूरा नहुने भएपछि अरू बिदा कटौती गरिएको जनाएकाे छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हिउँदे र वर्षे बिदाको साविकको अवधि ४५ दिनलाई ३० दिन कायम गरिएको छ ।  प्रत्येक दिन प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट व्यवस्थापन गर्ने निर्णय केन्द्रले गरेको छ । सोमबारदेखि शुक्रबारसम्म पूर्ण रूपमा पठनपाठन तथा शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

पहिलो र दोस्रो त्रैमासिक आन्तरिक मूल्याङ्कन पठनपाठनमा असर नपर्ने गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ भने अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न सकिने उल्लेख छ ।

प्रकाशित मिति : 18:00