१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

नेपाल इन्स्योरेन्स ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्डबाट सम्मानित

२९ वैशाख, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड प्रदान गरिएको छ। न्यू बिजनेश एज लिमिटेडले काठमाडौंमा आयोजना गरेको १०औं संस्करणको ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस् २०२६’ समारोहमा कम्पनी उक्त सम्मानबाट सम्मानित भएको हो।

कार्यक्रममा लाइफटाइम एचिभमेन्ट अवार्डसहित विभिन्न १० वटा विधामा सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा बैंकिङ, बीमा, उद्योग, व्यापार तथा कर्पोरेट क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। न्यू बिजनेश एज लिमिटेड ले सन् २०१३ देखि निरन्तर ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्ड’ आयोजना गर्दै आएको छ।

प्रकाशित मिति : May 12, 2026 at 5:49 pm