नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकतामा राख्न सांसद पुनको आग्रह
२९ वैशाख, काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले नप्रवर्तन र विज्ञान अनुसन्धानलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकको विशेष बैठकमा बोल्दै उहाँले यसअघि आफू सरकारमा हुँदा नवप्रवर्तन र विकास अनुसन्धानका लागि अध्यादेश ल्याउन प्रयास गरेको अवगत गराउनुभयो । यो आफ्नो माग भएको र यसमा काम गर्न सरकारसँग उहाँले आग्रह गर्नुभयो ।
साथै उहाँले विज्ञान प्रविधि, नवप्रवर्तन र अनुसन्धानसम्बन्धी छुट्टै मन्त्रालय गठन गर्नुपर्ने माग गर्नुभयो । उहाँले आफू विसं २०८२ फागुन २१ गतेको निर्वाचन गराउने सरकारको मन्त्री रहेको बताउँदै त्यही सरकारले गरेको निर्वाचनबाट नै वर्तमान संसद् र सरकार बनेको उल्लेख गर्नुभयो ।
तत्कालीन अवस्थामा आफूले ल्याउन खोजेका तीन वटा अध्यादेशमध्ये शिक्षालाई राजनीतिबाट मुक्त गर्नका लागि विश्वविद्यालयसम्बन्धी अध्यादेश वर्तमान सरकारले उक्त अध्यादेश ल्याएको बताउँदै तर कुलपति भने प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।
प्रकाशित मिति : 17:25









