३९ अंकले घट्यो नेप्से, ४ अर्ब ६६ करोडको कारोबार
२९ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक आज मंगलबार ३९.४४ अंकले घटेर २७४४.४० को विन्दुमा कायम भएको छ। मंगलबार १३ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने २५१ कम्पनीकाे मूल्य घटेकाे छ । यस दिन ५ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।
आज ३३८ कम्पनीको १ करोड ६ लाख ७८ हजार ५५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ५० लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज नेशनल हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १८ करोड ९९ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन धौलागिरी लघुवित्त वित्तीयको सेयरमा सकारात्मक सर्किट लागेकाे छ। सो लघुवित्तको सेयर मूल्य यस दिन १९५ रुपैयाँ बढेर १ हजार ३९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १२.४० प्रतिशत घटेको छ।
प्रकाशित मिति : 15:22









