मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
२९ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक आज मंगलबार ३९.४४ अंकले घटेर २७४४.४० को विन्दुमा कायम भएको छ। मंगलबार १३ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने २५१ कम्पनीकाे मूल्य घटेकाे छ । यस दिन ५ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।
आज ३३८ कम्पनीको १ करोड ६ लाख ७८ हजार ५५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ५० लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज नेशनल हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १८ करोड ९९ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १८ करोड ९ लाख ५७ हजार रुपैयाँ, रिडी पावर कम्पनीको १७ करोड ३० लाख ९५ हजार रुपैयाँ, शिवम् सिमेन्टको १५ करोड ८९ लाख ६ हजार रुपैयाँ र एसवाइ प्यानल नेपालको १५ करोड ३३ लाख ६० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:17









