२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

२९ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक आज मंगलबार ३९.४४ अंकले घटेर २७४४.४० को विन्दुमा कायम भएको छ। मंगलबार १३ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने २५१ कम्पनीकाे मूल्य घटेकाे छ । यस दिन ५ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

आज ३३८ कम्पनीको १ करोड ६ लाख ७८ हजार ५५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ५० लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज फ्रर्ट माइक्रोफाइनान्सको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य यस दिन १२.४० प्रतिशतले घटेको छ । त्यसैगरी, कुमारी धनवृद्धि योजनाको सेयर मूल्य ८.२९ प्रतिशत र झापा इनर्जीको सेयर मूल्य ६.८९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : 15:14