२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

रमेश प्रसाईंको प्रश्नः ओली र लेखकको मुद्दा बुझाउन प्रमाण पुगेन कि प्राथमिकता ?

२९ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई मुद्दा नचलाइएकोमा प्रश्न उठाउनुभएकाे छ ।

मंगलबारको प्रतिनिधिसभा बैठककाे शून्य समयमा बोल्दै प्रसाईंले सरकारको व्यवहार र प्राथमिकतामाथि टिप्पणी गर्नुभएकाे हाे । सहिदप्रतिको सम्मान केवल औपचारिक शब्दमा मात्र सीमित हुन नहुने बताउँदै उनले यो कुरा सरकारको व्यवहारबाटै पुष्टि हुनुपर्नेमा जोड दिनुभएकाे छ। ‘सहिदप्रतिको श्रद्धाञ्जलि मुखले औपचारिकता निभाएर होइन मैले प्रतिनिधित्व गर्ने सरकारको व्यवहारबाट पुष्टि हुनुपर्छ,’ प्रसाईंले भन्नुभयाे, ‘जेनजी आन्दोलन र नरसंहारका अभियुक्तद्वय तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री विरूद्ध मुद्दा बुझाउन सरकारलाई केले अड्कायो। प्रमाण पुगेन कि प्राथमिकता पुगेन।’

प्रकाशित मिति : May 12, 2026 at 2:57 pm