एमाले संसदीय दल उपनेतामा पद्मा अर्याल
२९ वैशाख, काठमाडौं । नेकपा एमालेले संसदीय दल उपनेता मनोनीत गरेको छ। संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधि सभा सांसदसमेत रहनुभएकी पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय दल उपनेता मनोयन गर्नुभएको हो।
प्रमुख सचेतक ऐन महरले सचिव अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको जानकारी दिनुभयो । एमालेले यसअघि प्रमुख सचेतकमा महर र सचेतकमा निता घतानीलाई मनोनीत गरेको थियो।
प्रकाशित मिति : May 12, 2026 at 11:23 am









