२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

जनकपुरमा एथरकाे नयाँ अनुभव केन्द्रको भव्य उद्घाटन

२९ वैशाख, जनकपुर । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर इनर्जी नेपालले जनकपुरमा आफ्नो नयाँ ‘एथर अनुभव केन्द्र’ को भव्य उद्घाटन गरेको छ।

जनकपुरको मिल्स एरियामा अवस्थित यो केन्द्र सोमबार, २८ वैशाख २०८३ का दिन दिउँसो १:०० बजे नितिन ट्रेड लिंकको व्यवस्थापनमा औपचारिक रूपमा सञ्चालनमा आएको हो। यो उद्घाटन एथर नेपालको देशभर उच्च-प्रदर्शनयुक्त तथा दिगो मोबिलिटी समाधानलाई ग्राहकसम्म पुर्‍याउने यात्राको अर्को महत्वपूर्ण उपलब्धि हो।

जनकपुरमा नयाँ अनुभव केन्द्र सञ्चालनसँगै एथर नेपालका अब देशभर १० वटा एक्सपियन्स सेन्टर पुगेका छन्। यसमा काठमाडौं उपत्यकाभित्रका ५ वटा केन्द्रका साथै पोखरा, चितवन, इटहरी र बुटवलमा रहेका शाखाहरू समावेश छन्। ग्राहकलाई सहज र भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्न कम्पनीले देशभर ९ वटा आधिकारिक सर्भिस सेन्टर पनि सञ्चालन गरिरहेको छ। एथरले नेपालकै दुई-पाङ्ग्रे ईभी क्षेत्रमा सबैभन्दा लामो ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी समेत उपलब्ध गराउँदै आएको छ।

जनकपुर अनुभव केन्द्रमा एथरको सम्पूर्ण उत्पादन श्रृंखला प्रदर्शन गरिनेछ, जसमा पर्फर्मेन्स-ओरिएन्टेड ‘एथर ४५० सिरिज’ तथा आधुनिक परिवारमुखी ‘एथर रिज्टा’ समावेश छन्। ४५० सिरिज विशेषगरी उत्कृष्ट प्रदर्शन र स्मार्ट प्रविधि खोज्ने ग्राहकका लागि डिजाइन गरिएको हो, जसमा गुगल म्यापमा आधारित नेभिगेसन र रेस्पोन्सिभ टचस्क्रिन जस्ता सुविधाहरू छन्। त्यसैगरी, एथर रिज्टा आधुनिक परिवारको आवश्यकतालाई ध्यानमा राखेर बनाइएको हो, जसमा फराकिलो सिट, ठूलो स्टोरेज क्षमता र ट्र्याक्सन कन्ट्रोल जस्ता सुरक्षा सुविधाहरू रहेका छन्।

जनकपुर केन्द्रमा आउने ग्राहकहरूले स्कुटरहरूको प्रत्यक्ष प्रदर्शन हेर्न, टेस्ट राइड लिन र स्मार्ट फिचर्सका बारेमा विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्। साथै, यहाँ फाइनान्सिङ, एक्सचेन्ज सुविधा र ईभी चार्जिङ सम्बन्धी परामर्श समेत उपलब्ध हुनेछ। एथर नेपालले देशभर ४० भन्दा बढी ‘एथर ग्रिड’ फास्ट-चार्जिङ नेटवर्क विस्तार गरिसकेको छ, जसले प्रमुख शहर र राजमार्गहरूमा विद्युतीय सवारीको यात्रालाई सहज र चिन्तामुक्त बनाउने लक्ष्य राखेको छ।

यस उद्घाटनको अवसरमा जनकपुरका ग्राहकहरूका लागि आगामी ४ जेठ २०८३ सम्म लागू हुने गरी विशेष सीमित अवधिको अफर पनि सार्वजनिक गरिएको छ। यस योजनाअन्तर्गत विस्तारित ब्याट्री वारेन्टी, आकर्षक ० प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा तथा अतिरिक्त एक्सचेन्ज भ्यालुएसन सुविधा प्रदान गरिनेछ। एथर नेपालले नवीन प्रविधि र उत्कृष्ट ग्राहक सेवामार्फत नेपालको विद्युतीय क्रान्तिको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई यस नयाँ केन्द्रमा स्वागत गरेको छ।

प्रकाशित मिति : 10:25