पाल्पा सिमेन्टले बोलायो साधारण सभा, यस्ता छन् प्रस्ताव
२९ वैशाख, काठमाडौं। पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ १९ गते नवलपरासीको सुनवलमा रहेको होटल महामायामा दिउँसो १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको चुक्तापूँजी तथा सञ्चित मुनाफाको कुल रकम भन्दा बढी ऋण लिने, कम्पनीको सीमाभन्दा बढी दिएको चन्दा अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र विभिन्न दफा तथा नियम संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, उक्त अवधिको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, अन्य कम्पनीसँग गाभ्ने/गाभिने कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, ४ जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : 09:11









