एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२८ वैशाख, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् ।
नतिजा भने केहीबेर पछि मात्रै वेबसाइटमा देख्न सकिने जनाइएको छ ।
यस वर्षको एसइई चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा सहभागी हुन मुलुकभरबाट पाँच लाख १२ हजार ४२१ जनाले फाराम भरेका थिए। फाराम भरेकामध्ये दुई लाख ५७ हजार ६१३ जना छात्रा र दुई लाख ५४ हजार ८०१ जना छात्र छन्।
गत वर्ष चैत दोस्रो साता सकिएको एसईई परीक्षाको नतिजा असार १३ गते प्रकाशित भएको थियो।
यसरी हेर्नुहाेस् नतिजा
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
–नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
–एम्बिसन गुरु: ३१०६१ (SMS सेवा मात्र)
वेबसाइटबाट कसरी ?
–आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
–नेपाल टेलिकम: www.see.ntc.net.np
–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
–इडियु सञ्जाल: www.see.edusanjal.com
–खल्ती: https://khalti.com/app
प्रकाशित मिति : 21:26









