सरकारले महिलाले नेतृत्व गरेका उद्यमलाई बजारमुखी बनाउने
२८ वैशाख, काठमाडौं । सरकारले महिलाले नेतृत्व गरेका उद्यमलाई बजारमुखी बनाउन महिला उद्यमशीलता रणनीति तर्जुमा गर्ने भएको छ ।आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने जनाइएको छ ।
उहाँले महिला उद्यमशीलता प्रवर्द्धनमार्फत उत्पादन र बजार पहुँच विस्तार गरिने बताउनुभयाे ।
प्रकाशित मिति : 17:05









