२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

सुकुम्बासी समस्याबाट मैले छाती हटाएको छैनः रवि लामिछाने

२७ वैशाख, काठमाडाैं । काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले भूमिहीन सुकुम्बासीका समस्याबाट आफूले छाती नहटाएको बताउनुभएकाे छ । पार्टीका सांसदहरूको दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उहाँले सुकुमबासीका सवालमा आफूले अहिले पनि छाती थापिरहेको भन्दै भूमिहीनले अधिकार नपाउँदासम्म छाती नहटाउने बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘हाम्रो कारणले, हाम्रो पार्टीको कारणले एउटा पनि सुकुम्बासीको घर ठडिएको छैन। विगतमा उनीहरूलाई भोट बैंकका रूपमा प्रयोग गरिएकाले यो समस्या बल्झिएको हो भन्ने जगजाहेर छ। हामी त यो समस्या समाधान गर्न चाहन्छौं।’

अव्यवस्थित रूपमा र असुरक्षित ढंगले नदी किनारामा बसेका र गैरकानुनी रूपमा सार्वजनिक जग्गा हडपेको अवस्था अहिलेको कदम चालिएको उहाँले बताउनुभयाे ।

‘भूमिहीनहरूको समस्याबाट मैले आफ्नो छाती हटाएको छैन। कसैले पनि भूमिहीनहरूलाई उचाल्न जानैपर्दैन। हामी उहाँहरूलाई अधिकार दिन्छौं। उहाँहरूलाई अधिकार नदिलाएसम्म मेरो छाती हट्नेवाला छैन,’ उहाँले भन्नुभयाे ।

प्रकाशित मिति : 16:28