२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

९९ प्रतिशतले घट्यो आईजीआई प्रुडेन्सियलको नाफा, प्रतिसेयर आम्दानी कति ?

२७ वैशाख, काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ९९.८३ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको बीमा कोष गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.७० प्रतिशतले वृद्धि भएर ७ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा कोष ४ अर्ब २५ करोड ९७ लाख रुपैयाँ रहेको थियो। त्यसैगरी कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ४ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको खुद बीमाशुल्क आर्जन ९२ करोड ९१ लाख रुपैयाँको तुलनामा १२.१४ प्रतिशतले बढी हो।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ कायम रहेको छ भने महाविपत्ति कोषमा ९ करोड ६१ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.६७ रुपैयाँबाट घटेर ०.०२ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १८२.७२ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : 13:07