प्रभु महालक्ष्मी लाइफको नाफा सामान्य बढ्यो, प्रतिसेयर आम्दानी कति ?
२७ वैशाख, काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा कम्पनीले २७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६१ प्रतिशतले धेरै हो । गत आवको चैत मसान्तसम्म कम्पनीले २७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
याे अवधिमा कम्पनीले ४ अर्ब १५ करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । याे गत आवको साेही अवधिकाे तुलनामा २८.८९ प्रतिशले बढी हाे । गत आवको चैत मसान्तसम्ममा कम्पनीले ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियाे ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार पनि १२ अर्ब ८० करोड १८ लाख रुपैयाँबाट ३२ प्रतिशतले बढेर १६ अर्ब ९० करोड ७५ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी ५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १३ करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा ३३ करोड २१ लाख रुपैयाँ सञ्चिति रहेको छ । समिक्षा अवधिमा कम्पनीकाे प्रतिसेयर आम्दानी ७.०७ रुपैयाँबाट घटेर ६.९१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११५.६० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : 12:23









