हिमालयन लाइफको नाफामा भारी गिरावट, प्रतिसेयर आम्दानी कति ?
२७ वैशाख, काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा भारी गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार तेस्रो त्रैमासिकम्मको अवधिमा कम्पनीले २६ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको साेही अवधिकाे तुलनामा कम्पनीको नाफा ४४.६६ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७१ प्रतिशतले वृद्धि हुँदै ८६ अर्ब ९ करोड ९२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो कोष ७३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब २९ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो ६.१८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष खुद बीमाशुल्क आर्जन १ अर्ब २१ करोड ८३ लाख रुपैयाँ थियो।
कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ९९ करोड ६३ लाख रुपैयाँ रहेकाे छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.८९ रुपैयाँबाट घटेर ३.८१ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १००.४५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : 11:55









