३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

सूर्योदय वोमी लघुवित्तको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

२७ वैशाख, काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार गरेको छ। संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म संस्थाले १८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। याे नाफा गत आर्थिक वर्षको सोही अवधिकाे तुलनामा करिब १४१ प्रतिशतले बढी हाे ।

गत आर्थिक वर्षको सोही अवधिमा संस्थाको नाफा ७ करोड ८६ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। गत वर्ष ४८ करोड ५९ लाखरुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर यस वर्ष ६६ करोड ५ लाख रुपैयाँ पुगेको छ।

संस्थाको वितरणयोग्य मुनाफा १४ करोड ६४ लाख रुपैयाँभन्दा बढी रहेको छ। संस्थाको चुक्ता पूँजी १ अर्ब १० करोड ६२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ४३ करोड ६ लाख रुपैयाँ पुगेको छ।

कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ४८ पैसाबाट बढेर २२ रुपैयाँ ८२ पैसा पुगेको छ। त्यस्तै प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७१ पैसा रहेकाे छ ।

प्रकाशित मिति : 10:46