एमाले महासचिवकै शैलीमा उपसभामुखको जवाफः प्रधानन्यायाधीशबारे यसो भन्छ एआई
२६ वैशाख, काठमाडौँ । उपसभामुख रूबीकुमारी ठाकुरले नेकपा एमालेका महासचिव शंकर पोखरेलकै शैलीमा प्रधानन्यायाधीश सिफारिसबारे जवाफ दिनुभएको छ । शनिबार फेसबुकमा च्याटचिपिटीको सहायतमा प्रधानन्यायाधीशको मूल्यांकन गरेको विवरण उहाँले सार्वजनिक गर्नुभएको थियो ।
उहाँले च्याटजिपिटीको स्क्रिनसर्ट समेत राखेर धानन्यायाधीश नियुक्ति कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको र यसमा कुनै किन्तु–परन्तुको आवश्यकता नरहेको उल्लेख गर्नुभएको छ ।

यसअघि नेता डा भीमबहादुर रावल, डा विन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई कारबाहीका लागि स्पष्टिकरण सोधेपछि एमाले महासचिवले एआईको सहायतामा पार्टी अनुशान भनेको के हो भनेर एउटा टिप्पणी फेसबुकमा राख्नुभएको थियो । शनिबार उपसभामुख ठाकुरले पनि सोही शैलीमा संवैधानिक परिषद्को सिफारिसका बारेमा टिप्पणी गर्नुभएको हो । चर्को आलोचना भएपछि उपसभामुखको फेसबुकबाट केहीबेरअघि उक्त टिप्पणी गायब भएको छ ।
यस्तो छ टिप्पणी
सम्पूर्णमा नमस्कार तथा प्रणाम।
न्याय प्रणालीबारे धेरै समयदेखि जनता गुनासो गर्दै आइरहेका छन् “हाम्रो मुद्दा यति वर्ष लगाइयो, उति वर्ष लगाइयो” भनेर। एउटा मुद्दाको फैसला हुन अत्यधिक समय लाग्नु न्याय प्रणालीका लागि गम्भीर विषय हो। जब नियुक्ति कार्यक्षमता र योग्यताको आधारमा नभई दल वा पार्टीको आधारमा हुन्छ, त्यसको परिणाम पनि त्यस्तै देखिन थाल्छ । प्रधानन्यायाधीश नियुक्ति कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको छ। यसमा कुनै किन्तु–परन्तुको आवश्यकता छैन। राज्यका हरेक अंग देश, जनता र राज्यको हितका लागि हुनुपर्छ। यहाँ कसैको आदेश–उपदेशभन्दा पनि संविधान, कानुन र जनहित सर्वोपरि हुन आवश्यक छ । निष्पक्ष, सक्षम र जिम्मेवार न्याय प्रणाली नै लोकतन्त्रको वास्तविक आधार हो । साथ, सहयोग र समर्थनका लागि सम्पूर्णमा धेरै–धेरै धन्यवाद।
सम्पूर्णमे नमस्कार प्रणाम।
न्याय प्रणालीमे बहुत घटनासँ जनता कहैत आबि रहल छथि जे “हमरा अतेक साल लगादेलक, ओतेक साल लगादेलक” एकटा मुद्दा फर्छ्यौट होइमे। जखन नियुक्ति कामके आधार पर नहि भ क पार्टीके आधार पर होइ छै, त परिणाम सेहो ओहने देखाइ दै छै। प्रधानन्यायाधीश नियुक्ति कार्यक्षमता मूल्यांकनक आधार पर कएल गेल छै। एहिमे किन्तु-परन्तुक कोनो बात नहि छै। राज्यक प्रत्येक अंग देश, जनता आ राज्यक हित लेल होइ छै। एहिमे केकरो आदेश–उपदेश नहि, बल्कि संविधान, कानुन आ जनहित सर्वोपरि होबाक चाही। निष्पक्ष, सक्षम आ जिम्मेवार न्याय प्रणालीए लोकतन्त्रक असली आधार होइ छै। साथ, सहयोग आ समर्थनके लेल सम्पूर्णगोटेमे बहुत–बहुत धन्यवाद।
नाेट : स्क्रिन सट Chatgpt . See less

प्रकाशित मिति : 21:41









