कमरेडहरू तपाईंहरूको बुबाको पेवा हैन एमालेः नविना लामा
२६ वैशाख, काठमाडाैँ । नेकपा एमालेको पूर्व केन्द्रीय सदस्य नविना लामाले एमालेको कसैको पेवा नभएको बताउनुभएको छ । शनिबार दिउँसो फेसबुक पेजमा टिप्पणी राख्दै उहाँले एमालेको कसैको पेवा नभएको बताउँदै जे गरे पनि सहेर बस्न नसकिने बताउनुभएको छ ।

नविनाको टिप्पणी जस्ताको त्यस्तै
कम्रेड हो, तपाईँहरूका बुबाको पेवा त हाम्रो पार्टी होइन नि !
तिमीहरू जे गरे पनि सहेर बस्ने मान्छे म होइन ।
मलाई पार्टीले टिपेर सांसद वा अखिलको अध्यक्ष बनाएको होइन, म सबै कमिटी पार गरेर यहाँसम्म आएको हो । गुट र समूहमा लाग्नुपर्ने मेरो बाध्यता थियो ।
मेरो सास रहुञ्जेल म पार्टीभित्रका गलत कुरा, अन्याय र विकृतिको विरोध गरिरहनेछु ।
एमालेको इतिहास, योगदान र जनताको विश्वास जोगाउनु हाम्रो दायित्व हो, कुनै गुट वा व्यक्तिको निजी सम्पत्ति होइन ।
हेक्का राख्नुस्, सत्य बोल्नेहरू बाँचे भने मात्रै संगठन बलियो हुन्छ ।

प्रकाशित मिति : 14:05







