सुदन किराती श्रम संस्कृति पार्टीमा प्रवेश
२५ वैशाख, काठमाडौं । पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का सदस्य सुदन किराती आज श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ ।
गत चुनावअघि गठन गरिएको प्रलोपामा जोडिनुभएका तत्काली माओवादी केन्द्रका नेता किरातीलाई आज आयोजित एक कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङ राईले पार्टी प्रवेश गराउनुभएको हो ।
प्रकाशित मिति : 17:49









