९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

२७ अंक बढ्यो सेयर बजार, कारोबार रकममा पनि सुधार

२५ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। शुक्रबार नेप्से परिसूचक २७.४९ अंक बढेर २७४५.६५ विन्दुमा पुगेको छ। आज ३३५ कम्पनीको ७४ लाख ७८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको हो ।

आज २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको मात्रै घटेको हो । ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । यस दिन त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ६.५४ प्रतिशत घटेको छ। यस दिन होटल फरेष्ट इनकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन  १३ करोड ८६ लाख ९४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : May 8, 2026 at 3:39 pm