सिद्धार्थ प्रिमियरको नाफा ४ करोड, कस्ता छन् अन्य सूचक ?
२५ वैशाख, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । याे नाफा गत आवकाे साेही अवधिकाे तुलनामा ९१.१५ प्रतिशतले कम हाे । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियाे ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने २ अर्ब ६७ करोड ५४ लाख रुपैयाँबाट बढेर २ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।कम्पनीको निर्जीवन बीमाकोष ५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँबाट ९७.९६ प्रतिशतले बढेर ११ अर्ब १५ करोड ९९ लाख रुपैयाँ नाघेको छ।
चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २३ करोड १८ लाख रुपैयाँ र जगेडा कोषमा ३३ करोड २७ लाख रुपैयाँ सञ्चिति रहेको छ।
कम्पनीको कुल आम्दानी २ अर्ब १५ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ९२ करोड २४ लाख रुपैयाँ पुगेकाे छ । कम्पनीको प्रतिसेयर आम्दानी २१.५५ रुपैयाँबाट घटेर १.९१ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २५०.०६ रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति : 10:19









