२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता

२५ वैशाख, काठमाडौं । सुदन किरातीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउनुभएकाे छ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषदबाट राजीनामा दिनुभएका किराँती आफ्नो समूहसहित बिहीबार श्रम संस्कृति पार्टीमा समाहित हुनुभएकाे हाे ।

श्रम संस्कृति पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यहरु पनि पाउने सहमति भएको हाे । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र सुदनले गएराति एकताको सहमति भएको हो।

उहाँलाई पार्टीमा स्वागत गर्नका लागि काठमाडौंको हार्दिक होटलमा कार्यक्रम राखिएको श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले जानकारी दिए। सुदन श्रम संस्कृतिको वरिष्ठ नेता बन्नुहुने छ ।

प्रकाशित मिति : 09:23