एक इन्स्योरेन्सको सेयरमूल्य समायोजन
२३ वैशाख, काठमाडौं। सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४५१.७१ रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४७४.३० रुपैयाँ थियो ।
प्रकाशित मिति : 10:52









