रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?
२३ वैशाख, काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले २६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १७।७० प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
सो अवधिमा कम्पनीले ७ अर्ब ४६ करोड रुपैयाँको बिक्री गरेको छ । अघिल्लो आवको सोही अवधिमा ७ अर्ब ३९ करोड रुपैयाँ आम्दानी गरेको थियो। अन्य आम्दानी भने ४ करोडबाट घटेर २ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ।
१ अर्ब ९० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ६१ करोड रुपैयाँ र कुल चालु दायित्व २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २०.४२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ४९७.३७ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : 09:55









