२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बराल

२२ वैशाख, गण्डकी । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य प्रकाश बरालले पाउनुभएको छ ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा, ११ को उपधारा १ बमोजिम उहाँलाई नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।

बराल यसअघि सचेतकको जिम्मेवारीमा रहनुभएको थियो । यसअघि प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने रहनुभएकामा उहाँ ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री बनेपछि रिक्त पदमा बराललाई जिम्मेवारी दिइएको हो ।

प्रकाशित मिति : 16:12