सेयर बजारमा सुधार, कारोबार रकम भने घट्यो
२२ वैशाख, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । मंगलबार नेप्से ८.७८ अंकले बढेर २७१२.८६ को बिन्दुमा बन्द भएको छ । आज ३३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन १६२ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने ९० कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस दिन १६ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।आज सोलु हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २३ करोड ५७ लाख १६ हजार रुपैँया बराबरको कारोबार भएको छ ।
आज अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ११.१६ प्रतिशतले बढेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ९.३१ प्रतिशत घटेको छ।
प्रकाशित मिति : 15:21









